Breaking News.... EverestOnlineKhabar
June 28, 2026

साहित्य तर्फको नोबेल पुरस्कार बिजेता नायपालको निधन

Loading

एजेन्सी,साउन ।
साहित्य तर्फको नोबेल पुरस्कार विजेता वीएस नायपालको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा लण्डनस्थित आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनलाई सन् २००१ मा साहित्य तर्फको नोबेल पुरस्कारले सम्मानित गरिएको थियो । पुरस्कार पाएपछि सम्बोधनका क्रममा उनले आफ्ना पुर्खा नेपालबाट आएको हुनसक्ने बताएका थिए ।

भारतीय मूलका नायपालको जन्म १९३२ मा ट्रिनिडाडमा भएको थियो । ट्रिनिडाडमा हुर्किएका उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । ‘द बेन्ड इन द रिभर’ र ‘अ हाउस फर मिस्टर विश्वास’ उनका चर्चित कृति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.