Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काभ्रे । भूकम्पले भत्किएको घर पुनर्निर्माण सुरू गरी दोस्रो किस्ताका लागि फारम भर्न जाँदा वडा कार्यालयमा खटिएका प्राविधिकले म्याद सकियो भन्दै फिर्ता पठाउने गरेको पीडितले गुनासो गरेका छन्।

बनेपा नगरपालिका–१३ बुढाथोकी गाउँकी मीठु बुढाथोकी पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ताको फारम भर्न एक साताअघि वडा कार्यालय पुगिन्। वडा कार्यालयमै खटिएका सहायक इञ्जिनियर प्रवीणकुमार यादवले म्याद सकियो भनेपछि आफू फर्किएको उनले बताइन्।

इञ्जिनियर यादवले दोस्रो किस्ताको फारम नभर्नू भन्ने खबर माथिबाट आएकाले नभरिएको बताए। गत असार मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको गत चैतको बैठकले गरेको थियो।

प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको एक महिना बितिसक्दा पनि नियुक्त नगरिएकाले म्याद थप गर्ने निर्णय हुनसकेको छैन। वडाध्यक्ष सूर्यनारायण नापित प्राधिकरणको निर्णय वडासम्म नआउँदा कार्यालय नै के गर्ने भन्ने अन्योलमा रहेको बताए।

पीडित वडा कार्यालयमा सम्पर्क गर्न आउने भए पनि वडासँगै जानकारी नहुने गरेको उनले बताए। प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने काम जारी राख्न निर्देशन दिइसकिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.