Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

ललितपुर ।तेस्रो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा पुरुषतर्फ अर्हान्त केशर सिन्हा र महिलातर्फ भावना सुनुवार च्याम्पियन बनेका छन् । ललितपुरको सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट्स संघको कोर्टमा शनिबार भएको फाइनल खेलमा अमृत थापामगरलाई ३–१ को सेटमा हराउँदै अर्हान्तले उपाधि जितेका हुन् ।

महिलातर्फ कृष्णा थापामगरलाई ३–० को सोझो सेटमा हराउँदै भावना सुनवारले उपाधि जितिन् । कृष्णाविरुद्धको खेल भावनाले ११–५, ११–७ र ११–१ को सोझो सेटमा जितेकी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.