Breaking News.... EverestOnlineKhabar
June 28, 2026

रुसमा हेलिकप्टर दुर्घटना, चालक दलसहित १८ को मृत्यु

Loading

बीबीसी । रुसको क्रास्नोयारस्क क्षेत्रमा एमआई ८ हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। आपतकालीन सेवा अधिकारीहरूले विमानमा रहेका १५ जना यात्रु र ३ जना चालक दलका सदस्यको मृत्यु भएको बताएका छन्।

स्थानीय समयानुसार शनिबार बिहान १०: २० बजे सो हेलिकप्टर दुर्घटनामा परेको हो । प्रारम्भिक रिपोर्ट अनुसार उक्त हेलिकप्टर मजदूरहरूलार्इ तेल खानीमा ओसार्न प्रयोग भएको जनाइएको छ। कार्गो बोकिरहेको अर्को हेलिकप्टरसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

‘दुर्घटनास्थलबाट दुवै हेलिकप्टरको फ्लाइट रेकर्डरहरू फेला परेको छ’, उद्दार टोलीका प्रवक्ताले भने,‘ हामी यी रेकर्डहरू विमान समितिलाई अनुसन्धानका लागि दिनेछौं।’

हेलिकप्टर उडेर दुई किलोमिटर दूरी पार गरेपछि दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्। प्रारम्भिक विवरणहरूका अनुसार प्राविधिक गढबढी र चालकका कारण हेलिकोप्टर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

दुर्घटना कसरी हुन गयो? यसबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.