Breaking News.... EverestOnlineKhabar
March 13, 2026

दोलखामा माओवादी र एमाले कार्यकर्ताबीच झडपःएक जनाको मृत्यु

Loading

दोलखा,२७ बैशाख ।
दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबिच झडप हुँदा एकजनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् । झडपमा एमाले कार्यकर्ता गौरीशंकर गाउँपालिका–१ जुँगुका अन्दाजी ३३ वर्षका राजेश भनिने कुल बहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । उनको बुवा स्थानीय तह चुनावमा खुल्लाबाट वडा सदस्यको पदमा उम्मेद्वार छन्।
झडपमा जुगु निलकण्ठेश्वर माविका शिक्षक समेत रहेका गौरीशंकर गाउँपालिका–२ का दिल बहादुर बुढाथोकी घाइते भएका छन् । घाइते बुढाथोकीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि काठमाडौ रिफर गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार राति एमाले कार्यकर्ता बास बसेको ठाउँमा माओवादीका कार्यकर्ताले आक्रमण गरेका स्थानीय बासिन्दाले जनाएका छन् ।
प्रहरीले भने घटना कसरी भयो भन्नेबारे अनुसन्धान भैरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.