Breaking News.... EverestOnlineKhabar
February 11, 2026

रौतहटमा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

Loading

रौतहट,२७ बैशाख ।
रौतहटमा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका–७ राजपुर तुलसीमा मंगलबार बेलुका ना ३ त ३६५० नम्बरको ट्रयाक्टर र अन टेस्ट मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसायकल चालक चन्द्रपुर नगरपालिका–९ का ४५ वर्षका राजेश राम र मोटरसाइकलको पछाडी बसेका चन्द्रपुर नगरपालिका–११ का ६० वर्षका बैजु रामको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.