![]()
एजेन्सी । सलमान खानको आगामी फिल्म ‘भारत’को फस्ट लुक सार्वजनिक भएको छ। फिल्मका निर्देशक अलि अब्बास जाफरले फिल्मको पहिलो ‘लुक’ सार्वजनिक गरेका हुन्।
फिल्म आगामी वर्ष इदमा रिलिज हुनेछ। सार्वजनिक गरिएको फस्टलुक फोटोमा सलमान खानलाई मोटरसाइकल स्टन्टम्यानका रूपमा सर्कसमा प्रवेश गर्दै गरेको देखाइएको छ। फिल्म सन् २०१४ को कोरियन ब्लकबस्टर ‘ओडे टु माई फादर’को आधिकारिक रिमेक हो।
६० वर्षको समयअवधिको कथा प्रस्तुत गरिने फिल्ममा सलमान पाँच भिन्न अवतारमा प्रस्तुत हुनेछन्। दिशा पटानकी समेत अभिनय रहेको फिल्म प्रियंका चोपडाको हलिउड यात्रापछिको पहिलो बलिउड फिल्म हुनेछ। उनी ३ वर्षपछि बलिउड फिल्ममा देखिन लागेकी हुन्। उनले अगस्टबाट फिल्मको सुटिङ गर्नेछिन्।


