Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । स्पानिस ला लिगामा नयाँ सिजन २०१८-१९ को लिग खेल तालिका सार्वजनिक भएको छ। रोएल स्पेनिस फुटबल फेडेरेसनले जारी गरेको खेल तालिका अनुसार अगस्ट १८ बाट नयाँ सिजन सुरू हुनेछ।

स्पेनिस ला लिगा अन्तर्गत हुने एल क्लासिको अर्थात रियल  मड्रिड र बार्सिलोनाबीचको पहिलो खेल अक्टोबर २८ मा हुनेछ। पहिलो एल क्लासिक भिडन्त बार्सिलोनाको घरेलु मैदानमा हुनेछ । यस्तै दोस्रो एल क्लासिको भिडन्त मार्च ३ मा रियलको मैदानमा हुनेछ।

साविक विजेता बार्सिलोनाले अलाभेजसँग अगष्ट १९ मा खेल्ने छ। यस्तै एथ्लेटिको मड्रिडले पहिलो खेलमा भ्यालेन्सियालाई प्रतिद्वन्द्वी पाएको छ । यो सिजनको पहिलो खेलमा रियल मड्रिडले गेटाफेसँग खेल्नेछ । मड्रिड डर्बी भिडन्तमा रियलले पहिलो खेल एट्लेटिकोसँग सेप्टेम्वर ३० मा घरेलु मैदानमा खेल्नेछ भने दोस्रो खेल एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रापोलिटानोमा २०१९ फेब्रुअरी १० मा हुनेछ।

ला लिगा अघि ला लिगा च्याम्पियन र कोपा डेल रे च्याम्पियनबीच हुने स्पानिस सुपर कप बार्सिलोना र सेभियाबीच अगष्ट १२ मा हुनेछ। दुवै लिग र कोपा डेल रे दुवैमा बार्सिलोना च्याम्पियन भएका कारण कोपा डेल रे को उपविजेता बनेको सेभियाले बार्सिलोनासँग सुपर कप खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.