![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता उपचारका लागि चीन प्रस्थान गर्नुभएको छ । लामो समयदेखि थाइराडको समस्याबाट ग्रसित खनाल यसपटका शल्यक्रिया गर्नका लागि चीन जानु भएको हो ।
चीन प्रस्थान गर्नुृअघि त्रिभुवन बिमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै नेता खनालले अनशनरत डाक्टर गोविन्द केसीले उठाएका जायज माग पूरा गर्न सरकारलाई आग्रह गर्नूभयो । साथै, उहाँले अनशनको हठ छोडेर वार्तामा आउन केसीलाई आग्रह गर्नुभयो ।

नेता खनालले नेकपामा मर्यादाक्रमको बिषयलाई लिएर आफूमाथि भएको अन्याय अझै नसच्याइएकोमा असन्तुष्टि जनाउनुभयो । उहाँले वरियताप्रतिको आफनो अडान कायमै रहेको स्पष्ट पार्नुभयो ।
नेता खनाल शल्यक्रियापछि स्वास्थ्य अवस्था हेरेर स्वदेश फर्किनु हुनेछ ।


