![]()
काठमाडौ,२६ बैशाख ।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपले मतदान गर्न आग्रह गर्नुभएको छ । कुनै राजनीतिक दलको दवाव वा कसैको प्रलोभनमा नपर्न उनले मतदातालाई सल्लाह समेत दिए । यसअघिका निर्वाचनमा बल प्रयोग गरेर आफ्नो पक्षमा मत ल्याउने कोसिस हुने गरेको भन्दै यादवले यसमा सचेत रहन आग्रह गरे।
उनले भनेः‘उम्मेदवारी दर्ता गर्न जाँदा अविर माला लगाएर देउता गुहार्ने, निर्वाचनमा जित्नचाँही बल र पैसा प्रयोग गर्नु राम्रो भएन। यो स्थानीय तहको निर्वाचन हो । मत खोस्ने भन्ने कुरा बकम्फुसे हो । यादवले भने ‘मतदाता र उम्मेदवारलाई धम्क्याउने–तर्साउने नगर्नुस्।’
सुरक्षा निकायका प्रमुख एवम् राजनैतिक दलका प्रमुखहरुसंगको अन्तरक्रियामा प्रमुख आयुक्त यादवले स्वतन्त्र पूर्वक मतदान गर्न अवरोध भएमा त्यहाँ तत्कालै निर्वाचन स्थगन गर्ने बताए। प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तहको निर्वाचन सकिएसँगै मतगणना सोही पालिकाको केन्द्रमा हुने जानकारी दिए।


