![]()
काठमाडौ,जेठ ।
बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ। ९३ वर्षीय थापाको आफ्नै निवास काठमाडौं मैतीदेवीमा गएराती निधन भएको हो। थापा लामो समयदेखि छाती, फोक्सोलगायतका समस्याबाट पीडित थिए।
थापाको आज दिउँसो पशुपतिमा अन्त्येष्टि गरिंने पारिवारिक श्रोतले जनाएको छ। अन्त्येष्टि अघि पशुपतिमै श्रद्धाञ्जली कार्यक्रम राखिएको छ । उनले दर्जनौ चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गरेका छन्। थापा हाँस्य टेलिचलचित्र तीतो सत्यमा काम गरेपछि चर्चित बनेका थिए।
खोटाङको लामिडाँडामा जन्मिएका थापाले २ वर्ष बृटिश सेनामा समेत काम गरेका थिए। त्यसक्रममा उनले दोस्रो विश्वयुद्ध लडेका थिए। पछि उनी नेपाली सेनामा भर्ना भएका थिए।


