Breaking News.... EverestOnlineKhabar
June 28, 2026

तीन अन्तर्राष्ट्रिय स्टारहरूले विश्वकपमा बेजोड प्रस्तुती दिने

Loading

एजेन्सी ।जुन १४ मा रसिया र साउदी अरेबियाबीच फिफा विश्वकप २०१८ को पहिलो खेल हुनुभन्दा अघि तीन अन्तर्राष्ट्रिय स्टारहरूले मस्कोको लजुनिकी स्टेडियममा बेजोड प्रस्तुती दिने भएका छन ।

ग्लोबल म्युजिक आइकन रोब्बी विलियम्सले स्टेडियम र संसारभर प्रत्यक्ष प्रसारण हेर्ने लाखौं दर्शकलार्इ मनोरञ्जन दिनेछन्। प्रख्यात रसियन सोपरानो एडा गारिफुलिनाले संगीत माहोललार्इ थप रोमान्चक बनाउन उनलार्इ साथ दिनेछिन्। फुटबलबाट प्रतिष्ठा कमाउने चाहना बोकेका कयौं खेलाडीहरुका आइकन, दुर्इपटक विश्वकप विजेता रहेका रोनाल्डोले पनि खेलअघि आफ्नो प्रतिभा देखाउने छन्।

रोब्बी विलियम्सका अनुसार रसियामा अद्वितीय प्रदर्शनको मौका पाउँदा उनी धेरै खुशी र उत्साहित छन्। म्युजिक करिअरमा धेरै काम गरे पनि फिफा वर्ल्ड कपमा लाखौं फुटबल दर्शकका अगाडि गाउनु युवाअवस्थाको सपना रहेको विलियम्सले बताएका छन्। उनले फुटबल र संगीतका प्रशंसकहरूलार्इ रसियामा हुने अविस्मरणीय प्रदर्शनको लागि टिभी ट्युन गर्न आग्रहसमेत गरेका छन्। त्यस्तै, एडा गारिफुलिनाले विश्वकप उत्सवमा आफू पनि सहभागी हुने कहिल्यै कल्पना नगरेको बताइन्।

कसैलार्इ पनि टुर्नामेन्टको चार हप्तामा के हुनेछ भनेर थाहा हुन्न, तर निश्चित रुपमा यो विश्वकप स्मरण योग्य हुने रोनाल्डोले बताएका छन्।सारा विश्व फुटबलको महाउत्सव हेर्न उत्साहित हुँदा फिफा विश्वकप आयोजना गर्ने काम  भावनात्मक हुने बताउँदै रोनाल्डोले चार वर्ष अघि ब्राजिलमा विश्वकप हुँदाको अनुभव सुनाए।

रसियाको च्यानल वानले उक्त कार्यक्रम उत्पादन गर्नेछ, र यसको सिर्जनात्मक निर्देशन एक पटक फेरि फेलिक्स मिखेलोभले गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.