Breaking News.... EverestOnlineKhabar
June 28, 2026

इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण केन्द्रमा आगलागी

Loading

बीबीसी।  इराकको सवैभन्दा ठूलो मतपत्र भण्डारण गृहमा  आगलागी भएको छ । उक्त केन्द्रमा पूर्वी बग्दादका जिल्लाहरूका मत्रपत्रहरू भण्डारण गरिराखिएको थियो।

इराकको संसदले निर्देशन गरी उक्त क्षेत्रको मतपत्र पुनः गणना गर्न भनेको थियो । तर त्यस अगाबै भएको आगलागीबाट कति क्षति भयो भन्नेबारे विस्तृत विवरण आइसकेको छैन।

इराकी अधिकारीका अनुसार आगलागीको कारण तत्कालै थाहा हुननसकेको बताएका छन् । गत मे १२ मा व्यवस्थापिकाका लागि भएको निर्वाचनमा उक्त क्षेत्रबाट प्रजातान्त्रिक व्यवस्थाको वकालत गर्दै आएका सिया धर्मगुरू मोकतादा सादरले अनपेक्षित विजय हाँसिल गरेका थिए । उनीमाथि निर्वाचनमा छलकपट गरिएको आरोप अन्य समूहले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.