Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी  ।विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन् । पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप प्रतियोगितामा सहभागी हुन  आफनो टोलीसहित रुस पुगेका हुन ।

रोनाल्डो र उनको टोलीलाई रुसमा परम्परागतरुपमा भव्य स्वागत गरिएको छ । उनीहरुलाई क्राटोभोमा बस्ने व्यवस्था गरिएको छ । क्राटोभो मस्कोदेखि ४० किलोमिटर टाढा पर्दछ । रियल म्याड्रिडका खेलाडीलाई प्रहरीले विमानस्थलमा अवतरण गरेदेखि नै कडा सुरक्षाको व्यवस्था गरेको छ । फिफाको बरियता क्रमअनुसार पोर्चुगल चौथो नम्बरमा पर्दछ ।

युरोपियन च्याम्पीयन बनेको उनको टोलीले विश्वकपको सुरुमा स्पेन विरुद्ध यही जुन १५ मा खेल्ने कार्यक्रम रहेको छ ।

स्पेन, पानामालगायतका देशका खेलाडी भने यसअघि नै रुस आइपुगेका छन् । २१औँ संस्करणको विश्वकप यही जुन १४ देखि जुलाई १५ सम्म हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.