Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘ट्वाइलेट एक प्रेमकथा’ले चीनमा आक्रामक व्यापार गरेको छ। भारतीय बक्स अफिसमा हिट भएको फिल्मले चीनमा पनि राम्रो सुरुवात गरेको हो।

फिल्मले प्रदर्शनको पहिलो दिन १५ करोड ९४ लाख भारुको कारोबार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो आँकडा सँगै चीनमा पहिलो दिन धेरै कलेक्सन गर्ने दोस्रो हिन्दी फिल्म बनेको छ। यो फिल्म हेर्न पहिलो दिन करिब ५ लाख मानिस हल गएको बताइएको छ। वितरकका अनुसार फिल्मले दिनमा ५६ हजारभन्दा बढी शो पाइरहेको छ। फिल्मलाई चीनमा रुचाइएपछि अभिनेता अक्षय कुमारले ट्वीटरमार्फत दर्शकलाई धन्यवाद भनेका छन्।

सन् २०१८ मा चीनमा रिलिज भएका फिल्ममा ट्वाइलेट छैठौं फिल्म हो। यसअघि बजरंगी भाईजान, दंगल, हिन्दी मिडियम, सीक्रेट सुपरस्टार र बाहुबली २ प्रदर्शन भएका थिए। हाल चीनमा प्रदर्शनरत ट्वाइलेटले भारतमा १३५ करोड लाइफटाइम कलेक्शन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.