Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी । उत्तर कोरियाली नेता किम जङ-अन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन्। उनलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले स्वागत गरेका थिए र उनले किमसँगको एउटा तस्वीर सामाजिक सञ्जाल ट्विटरमा राखेका छन्।

राष्ट्रपति ट्रम्प पनि शिखर बैठकका लागि त्यसतर्फ गइरहेका छन्। ट्रम्पले किमसँगको शिखर वार्ता शान्तिका लागि ‘एक पटकको प्रयास’ हुने बताएका छन्।

आफ्ना वरिष्ठ सहयोगी र सुरक्षा गार्डहरूसहित किम सिंगापुर पुगेको समाचारमा जनाइएको छ। दुई नेताबीच सिंगापुरस्थित एउटा होटलमा मंगलवार भेटवार्ता हुनेछ।

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको यो पहिलो पटक हुनेछ। यसअघि ट्रम्पले वार्ताबाट केही हुने अथवा नहुने कुरा आफूले एक मिनेटभित्रै थाहा पाइहाल्ने बताएका थिए। वाशिङटन उत्तर कोरियालाई निश्शस्त्रीकरणका लागि सहमत गराउन खोजिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.