Breaking News.... EverestOnlineKhabar
June 28, 2026

नेपाल प्रहरीमा अब ३  र सशस्त्रमा २ जना मात्रैमात्रै एआइजी राख्ने सरकारको निर्णय

Loading

काठमाडौँ  ।सरकारले नेपाल प्रहरीमा अब ३  र सशस्त्रमा २ जना मात्रैमात्रै एआइजी राख्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको एआईजीको दरबन्दी कटौती गर्ने निर्णय गरेको हो ।

संघीय प्रहरी ऐनको मस्यौदा निर्माण गरिरहेको गृह मन्त्रालयले नेपाल प्रहरीमा ५ एआईजी राख्ने प्रस्ताव गरे पनि बैठकले एआईजीको संख्या घटाएको हो।  यस्तै गृह मन्त्रालयले सशस्त्रमा तीनजना एआईजीको प्रस्ताव गरे पनि मन्त्रिपरिषद बैठकले त्यसको संख्यालाई पनि घटाउँदै २ मा झारेको छ।
यसैगरी नेपालको संघीय संरचनाअनुसार नेपाल प्रहरीमा आवश्यक दरबन्दी परिपूर्ति गर्ने निर्णयसमेत मन्त्रिपरिषदले बैठकले गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले ३ हजार १ सय १ दरबन्दी थप गरेको छ। थप गर्न लागिएको दरबन्दीमा १ एसएसपी (प्राविधिक), १४ एसपी, १२ डिएसपी तथा ५० इन्सपेक्टरका पद छन् ।
हरेक स्थानीय तहसम्ममा प्रहरी संयन्त्र पुर्‍याउनका लागि दरबन्दी थप गरिएको हो। यस्तै, नयाँ जिल्लाहरु पूर्वी नवलपरासी र पूर्वि रुकुममा पनि दरबन्दी स्वीकृत भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.