Breaking News.... EverestOnlineKhabar
April 30, 2026

उम्मेदवारको टुङ्गो लगाउन काँग्रेस अन्तिम कसरतमा

Loading

काठमाडौ,१८ बैशाख ।
नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बेलुका बसेको बैठकले महानगरपालिका र उपमहानगरपालिका तथा जिल्लास्थित पार्टीको संयन्त्रले टुङ्गो लगाउन नसकेका स्थानीय तहमा पार्टीका उम्मेदवारको नाम टुङ्गो लगाउने बारेमा वृहत छलफल गरेको छ ।
कांग्रेसले यसअघि महानगरपालिका र उपमहानगरपालिकाको केन्द्रले र बाँकी तहमा जिल्लास्थित पार्टीको संयन्त्र बनाई उम्मेदवार चयन गर्ने निर्णय गरेको थियो । तर उम्मेदवार मनोनयनको समय नजिकिँदासमेत अधिकांश स्थानीय तहमा उम्मेदवारको टुङ्गो लागिनसकेका कारण केन्द्रले नै टुङ्गो लगाउने बताइएको छ ।
निर्वाचन आयोगले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको छ । काँग्रेसले भोलि सोमबारसम्म निर्वाचन हुने सबै तहमा पार्टीका उम्मेदवारको टुङ्गो लागिसक्ने जनाएको छ ।
वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ मा पहिलो चरणको स्थानीय तहको निर्वाचन हुँदैछ । बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोग र काँग्रेस नेतासमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट दिएको राजिनामा सम्बन्धमा समेत वृहत छलफल भएको पार्टी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed