Breaking News.... EverestOnlineKhabar
June 28, 2026

जकार्तामा रहेको अमेरिकी दूतावास अगाडि प्रदर्शन, हजारौ गिरफ्तार

Loading

बीबीसी ।इन्डोनेसियाको राजधानी जकार्तामा रहेको अमेरिकी दूतावास अगाडि प्रदर्शनमा उभिएका हजारौलाई  गिरफ्तार गरिएको छ ।  अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएको विरोधमा इन्डोनेसियाली मुुसलमान धर्मावलम्बीहरूले प्रदर्शन गरेका हुन । उनीहरूले यस सम्वन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विवादास्पद भएको बताउदै विरोध गर्दै आएका छन् ।

गत डिसेम्बरमा भएको ट्रम्पको निर्णयको विरोधमा संसारभरका विभिन्न देशहरूमा शृङखलावद्ध तरिकाले प्रदर्शनहरू भइरहेको छ । अमेरिकाको ट्रम्प प्रशासनले अमेरिकी दूतावास टेल अभिभबाट जेरुसेलममा सारिसकेको छ । सो कार्यालयको उद्घाटन आउदो सोमबार गर्ने कार्यक्रम रहेको थियो ।

इन्डोनेसियाको राजधानीमा रहेको राष्ट्रिय स्मृति पार्कमा हजारौँ प्रदर्शनकारी भेला भएका थिए । उनीहरूले प्यालेस्टाइनको झण्डा र “स्टप ट्रम्प १” लेखिएको व्यानर लिएका थिए । मुस्लिम समुदायको बाहुल्यता रहेको विश्वकै सवै भन्दा ठुलो मुलुक इन्डोनेसियाको इजरायलसँग अहिले सम्म पनि दौत्य सम्वन्ध छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.