Breaking News.... EverestOnlineKhabar
March 13, 2026

महाअभियोग प्रकरणः दलहरु आन्तरिक छलफलमा…..

Loading

काठमाडौ,बैशाख ।
प्रधानन्यायाधीश सुशिला कार्कीमाथिको महाअभियोग प्रस्तावपछि छलफल गर्न विभिन्न राजनीतिक दलले आन्तरिक बैठक बोलाएका छन् । सत्तारुढ दल माओवादी केन्द्रले कार्यालयको आकस्मिक बैठक बोलाएको छ । बैठकमा महाअभियोग प्रस्ताव र त्यसपछिको राजनीतिक अवस्थाबारे छलफल हुनेछ ।
यस्तै महाअभियोग प्रस्तावलाई गलत भनेको अर्को सत्तारुढ घटक राप्रपाले सरकार छोड्ने नछोड्नेबारे निर्णय गर्न केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकले सरकारबाट बाहिरिने नबाहिरिने बारे निर्णय गर्ने जनाइएको छ । आइतबार सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक पारित गर्ने नगर्ने विषयमा राप्रपाभित्र विवाद देखिएको विषयमा पनि छलफल हुनेछ । पार्टीले संसद बैठकमा अनिवार्य उपस्थित हुन ह्विप लगाएपनि १० जना सांसद संसद बैठकमा उपस्थित भएका थिए ।
यस्तै एमालेको स्थायी समिति बैठक पनि सोमबार बस्दैछ । महाअभियोग गलत भएको बताएको एमालेले स्थायी समिति बैठकबाट यसबारे आधिकारिक धारणा बनाउनेछ ।
यस्तै आइतबार नेपाली कांग्रेसले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग र कांग्रेस नेतासमेत रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएको सम्बन्धमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.