Breaking News.... EverestOnlineKhabar
April 29, 2026

महाअभियोगपछि सुशीलाले भनिन्ः‘ डराएकी छैन, डटेर सामना गर्छु’

Loading

काठमाडौ,बैशाख ।
प्रधानन्यायाधीश सुशीला कार्कीले व्यवस्थापिका संसद्मा दर्ता भएको महाभियोग प्रस्तावले आफू कत्ति पनि बिचलित नभएको प्रतिक्रिया दिएकी छन् । उनले यसको डटेर सामना गर्ने समेत बताइन् । प्रधानन्यायाधीश कार्कीले महाभियोगले आफूलाई केही पनि फिल नभएको बताएकी छन् । उनले भनिन्ः‘ मलाई त केही फिल नै भएको छैन । ममाथि महाभियोग लाग्छ भन्ने पहिल्यै थाहा थियो ।’
उनले यही विषयमा कुरा गर्न माओवादी सांसद् रामनारायण बिडारीले पटक–पटक भेटका लागि समय मागेको तर आफूले समय नदिएको बताएकी छन् ।‘केही दिनयता माओवादी सांसद् रामनारायण बिडारीले मलाई पटक–पटक फोन गरी कांग्रेसको दबाब आइरहेको छ, एकपटक भेट्नुपर्यो भनिरहनु भएको थियो । तर मैले भेट्न मानिनँ ’ कार्कीले भनिन् ।
कार्कीले बिडारीलाई भेट्न आफूले इन्कार गरेपछि प्रधानमन्त्रीले आइतबार बिहानै पनि दूत बनाएर वर्षमान पुनलाई निवासमा पठाएको तर आफूले नभेटेको प्रष्ट पारेकी छन् । आफूले नभेटेपछि वर्षामान श्रीमानलाई भेटेर फर्केको उनले बताएकी छन् ।
कार्कीले कार्यकारीको अधिकारमाथि हस्तक्षेप गरेको आरोपको समेत खण्डन गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed