![]()
काठमाडौं, १६ वैशाख । नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि जापानका पूर्ब राजदूत जेन्जी कामिनागाले खनाल निवास डल्लुमा आज बिहान शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटको क्रममा मुलुकमा विकसित पछिल्लो राजनीतिक अवस्था, दुई देश वीचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो । सो भेटको अवसरमा जापानकाका पूर्ब राजदूत जेन्जीले देशमा चाडो निर्वाचन गराउनुपर्ने र नेपालले अब शान्ति र स्थिरता कायम गर्दै चाडै आर्थिक विकासको बाटो पक्रियोस् भन्ने कामना गर्नुभयो ।
जेन्जीले आगामी दिनमा नेपाल–जापान सम्बन्ध अझ गहिरो र फराकिलो हुनेमा विश्वास समेत व्यक्त गर्नुभएको खनालको स्वकीय सचिब कृष्ण भट्टराइले जानकारी दिनुभयो ।


