Breaking News.... EverestOnlineKhabar
April 30, 2026

‘सुपर ओभर’ सम्म पुगेको रोमाञ्चक प्रतिश्पर्धामा मुम्बई इन्डियन्सको जित

Loading

राजकोट, वैशाख १७ । इन्डियन प्रिमियर लिग (आइपीएल) को जारी शृंखला अन्तर्गत गएराति सम्पन्न रोमाञ्चक प्रतिश्पर्धामा मुम्बई इन्डियन्सले गुजरात लायन्सलाई पराजित गरेको छ ।
निर्धारित २० ओभरको खेल बराबरीमा टुंगिएपछि नतिजाका लागि ‘सुपर ओभर’ सम्म लम्बिएको प्रतिश्पर्धामा मुम्बईले बाजी मारेको हो ।

सुपर ओभरमा मुम्बईले ११ रन बनाएको थियो भने गुजरातले ६ रनमात्र बनाउन सक्यो ।

यसअघि जितका लागि १५४ रनको लक्ष्य पाएको मुम्बईले २० ओभरमा १५३ रनमात्र बनाउन सकेपछि खेल बराबरीमा पुगेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो । मुम्बई २० ओभरमा १५३ रन मै समेटिएपछि खेल बराबरी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed