Breaking News.... EverestOnlineKhabar
June 27, 2026

सिरियाको द्वन्द्व र त्यहाँका तस्बिरले संसार बिक्षिप्त, शव गाडन जमिनको अभाव

Loading

बीबीसी । लामो समयदेखि हिंसाको चपेटामा पर्दै आएको सिरियामा एक साता यतामात्र ५०० भन्दा बढी बालबालिका मारिएका छन ।
राजधानी दमास्कस नजिकैको गुटा सहरमा सिरियाली सेनाले गरेको हवाई आक्रमणमा ठूलो जनधनको क्षति भएको छ । सो क्षेत्र अन्तर्रा्ष्ट्रिय आतंकवादी समूह (आइएस) को अन्तिम गढ मानिएको छ ।

सिरियाली सेना र रुसले समेत सो क्षेत्रमा सैन्य कारवाही तीव्र तुल्याएको छ । पश्चिमा मुलुकको गठबन्धन पनि सिरियामा बेलाबखत हवाई हमला गर्दै आएको छ । तर सिरियाली सेना र रुसको एउटा गठबन्धन छ भने पश्चिमा मुलुक अर्को गठबन्धन बनाएर हमला गर्दैछन् । पश्चिमा मुलुकले सिरियाको विद्रोही समूहलाई हातमा लिएको छ, जो राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउन चाहन्छ । तर रुसले राष्ट्रपति असदलाई सहयोग र समर्थन गर्दै आएको छ ।

गुटा सहरमा भएको पछिल्लो हवाई हमलामा शहर नै कुरुप बनेको छ । कुनै घर यस्ता छैनन, जो सग्ला हुन् । शहर खण्डहरमा परिणत भएको छ । कयौं नागरिक मारिएका छन् । मारिनेमा बालबालिकामात्र ५०० भन्दा बढी छन ।

शव गाड्न चिहानका लागिसमेत जमिनको अभाव हुन थालेको छ । जताततै शव गाडिएको छ ।

यसैबीच जर्मनी र फ्रान्सले सिरियामा युद्धविरामका लागि ‘अधिकतम दवाव’ दिन रसियालाई आग्रह गरेका छन् । जर्मनी र फ्रान्सले गुटामा मानवीय सहयोग पुग्न नसक्दा यस क्षेत्रका वासिन्दालाई खाद्यान्न तथा अन्य अतिआवश्यकीय सामग्रीको चरम अभाव भएका भन्दै कम्तिमा पनि ३० दिन लामो युद्धविराम गर्न पहल गर्न आग्रह गरेका थिए ।

सिरियाको द्वन्द्वग्रस्त क्षेत्रका तस्बिर र भिडियो अहिले संसारभर फैलिएका छन । यी तस्बिर र दृश्यले सबैलाई बिक्षिप्त बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.