Breaking News.... EverestOnlineKhabar
July 5, 2026

नयाँ पार्टी निर्वाचन आयोगमा चाँडै दर्ता हुन्छ : प्रचण्ड

Loading

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यदलको प्रतिवेदनपछि औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने बताएका छन् ।

मंगलबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले पार्टी एकताको ७ बुँदे समझदारीका आधारमा अन्तरिम विधान तयार पारी कार्यदलले प्रतिवेदन दिएपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्ने र नयाँ पार्टी घोषणा हुने बताए ।

नयाँ केन्द्रीय समिति बनाएपछि औपचारिक रुपमा नयाँ दलका रुपमा निर्वाचन आयोगमा दर्ता गरिने उनले बताए । अध्यक्ष दाहालले अन्तर्रा्ष्ट्रिय रुपमा समेत स्थापित मान्यताका आधारमा एकता महाधिवेशनसम्म दुवै पार्टीका अध्यक्ष सहअध्यक्षका रुपमा रहने स्पष्ट पारे ।

पार्टी एकताले आमजनता, कार्यकतामा मात्र नभएर राष्ट्रिय र अन्तर्रा्ष्ट्रियरुपमा समेत ठूलो प्रभाव पर्ने दाहालको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed