Breaking News.... EverestOnlineKhabar
July 4, 2026

Loading

बिराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालमा संघीय व्यवस्था असफल हुने दाबी गरेका छन । प्रेस युनियन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले संघीयता सजिलो व्यवस्था नभएको र खर्चका हिसाबले पनि धान्न असम्भव जस्तै भएको टिप्पणी गरे । उनले भने, ‘प्रशासनिक र राजनीतिक खर्च बढी छ । खर्च धान्न नसकेर संघीयता असफल हुन सक्छ ।’

नेता महतले राज्यले धान्न सक्ने र व्यवस्थापन गर्न सक्ने हिसावको संघीयता निर्माण गर्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । प्रशासनिक र राजनीतिक संरचना अत्यन्त खर्चालु भएका कारण संघीयता धान्ने हैसियत मुलुकमा नरहेको उनको तर्क थियो।
अहिलेका सरकारमा सुविधाभोगी प्रवृत्ति बढेको बताउँदै नेता महतले पछिल्लो समयमा कुनैपनि सरकार मितव्ययी बन्न नसकेको आरोप लगाए ।

नेता महतले भारतीय बिदेशमन्त्री शुष्मा स्वराजको भ्रमणलाई नेपालमाथि भारतले लगाएको नाकाबन्दीका कारण बिग्रिएको सम्बन्ध सुधार गर्ने प्रयासका रुपमा लिनु पर्ने बताए । नाकाबन्दीपछि दुई देशको बिग्रिएको सम्बन्ध सुधार गर्न भारत इच्छुक भएकाबेला नेपालले फाइदा लिन सक्नुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed