Breaking News.... EverestOnlineKhabar
July 4, 2026

अवैधरुपमा अमेरिका प्रवेश गर्न खोज्ने २ सय आप्रवासी मेक्सिकोमा पक्राउ

Loading

बीबीसी । अवैधरुपमा अमेरिका प्रवेश गर्न खोज्ने २ सय आप्रवासी मेक्सिकोमा पक्राउ परेका छन् । एउटा लरीमा कोचिएर अमेरिका प्रवेश गर्न खोज्दा उनीहरु पक्राउ परेका थिए । पक्राउ परेका अधिकांश खाना र पानीको अभावमा बिरामी अवस्थामा थिए ।

धेरैजसो आप्रवासीले ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट अमेरिका प्रवेश गर्न खोजेका थिए । पक्राउ पर्नेहरुमा अधिकांश महिला र केटाकेटी रहेका छन् । उनीहरुलाई बेच्न खोजिएको भन्दै तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

गत महिना मात्र कागजात बिनाका १ सय ७० जना आप्रबासी पक्राउ परेका थिए । पक्राउ परेकाहरुलाई सम्बन्धित देशमा नै फिर्ता पठाउने गरिएको छ ।

देशमा जारी द्वन्द्वका कारण मारमा परेका र बेराजगारका कारण विश्वका कयौं राष्ट्रका मानिसहरु आप्राबासीको रुपमा बिदेश पलायन हुने क्रम भने जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed