![]()
कैलाली । नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टले प्रदेश नम्बर ७ मा आफनो प्रभाव झन बलियो पार्न सफल भएका छन । प्रदेश नम्बर ७ मा प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीसम्ममा आफू निकट मान्छेलाई पार्न सफल भएपछि भट्ट प्रभावशाली देखिएका हुन ।
प्रदेश नम्बर ७ को प्रदेश प्रमुख काँग्रेसको कोटामा मोहनबहादुर मल्ललाई बनाइएको भएपनि मल्ल लेखराजकै समर्थनमा आएका हुन । पञ्चायल पृष्ठभूमीका मल्ल पछिल्लो समय कांग्रेसका प्रवेश गरेका थिए । मल्लको शालिन व्यक्तित्व र सम्मानजनक राजनीतिक जीवनबाट भट्ट प्रभावित थिए । भट्टले हरियो झण्डा देखाएपछि मल्ल एकैपटकमा प्रदेश प्रमुख बन्न सफल भएका थिए ।
बामगठवन्धनको भागवण्डामा प्रदेश नम्बर ७ को मुख्यमन्त्री माओवादीले पाएको थियो । सोही अनुसार भट्टले आफू निकट त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउन पनि सफल भएका छन । नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वा्चित सांसद भट्टलाई माओवादी सांसदहरुको बैठकले मुख्यमन्त्री बनाउने निर्णय गरेपछि लेखराज यहाँपनि सफल भएका छन ।
यसअघि माओवादीको प्रदेश कमिटिले सांसद भट्टको नाम मुख्यमन्त्रीमा सिफारिस गरेपछि अर्का सांसद विरमान चौधरीले बागी उम्मेदवार उठने चेतावनी दिएका थिए ।


