Breaking News.... EverestOnlineKhabar
July 4, 2026

सेनाको भैरवनाथ गणमा ग्रीनेड विस्फोट, ५ सैनिक घाइते

Loading

काठमाडौं । नेपाली सेनाको भैरवनाथ गणमा ग्रीनेड विस्फोट हुँदा पाँचजना सैनिक घाइते भएका छन् ।शुक्रबार बिहान काठमाडौं, महाराजगन्जस्थित गणमा तालिमकाक्रममा ग्रीनेड विस्फोट भएको सेनाले जनाएको छ । जसमा एक सैनिक गम्भीर घाइते भएको र चारजनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

सेनाका प्रवक्ता गोकुल भण्डारीले गम्भीर घाइते भएका सैनिकको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आइसियुमा उपचार भइरहेको र अरु चारजनाको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको जानकारी दिए ।

ग्रीनेड विस्फोट के–कति कारणले भएको भन्नेबारे अनुसन्धान भइरहेको सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed