Breaking News.... EverestOnlineKhabar
July 4, 2026

दक्षिण अफ्रिका विरुद्ध भारतको जित

Loading

एजेन्सी,माघ ।
पाहुना टोली भारतले पहिलो एक दिवसीय खेलमा जित हात पारेको छ । बिहीबार राति सम्पन्न खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो । जितसँगै भारतले ६ खेलको एक दिवसीय क्रिकेट सिरिजमा १–० को लिड पनि गरेको छ ।
२७० रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको भारतले ४५.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । भारतको जितमा कप्तान विराट कोहलीले ११२ रन बनाएका थिए । कप्तान कोहलीले ११९ बलमा १० चौका प्रहार गरेका थिए ।
त्यस्तै, भारतका लागि अजिंक्या राहनेले ७९ रन बनाउदा ओपनर शिखर धवनले ३५ र रोहित शर्माले २० रनको योगदान दिए ।
यससअघि किंग्समेड मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान फाफ् डु प्लेसिस्ले राम्रो ब्याटिङ गर्दै १२० रन बनाएका थिए । उनले ११२ बलमा ११ चौका र २ छक्काको मद्दतमा १२० रन बनाएका थिए । त्यस्तै, क्रिस मोरिसले ३७ र डि कक्ले ३४ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed