Breaking News.... EverestOnlineKhabar
July 4, 2026

Loading

बीबीसी । खेलसम्बन्धी विवादको मध्यस्थ गरी निरुपण गर्ने स्वतन्त्र निकाय, कोर्ट अफ आर्विट्रेसन फर स्पोर्टस् (कास) ले रुसका प्रतिबन्धित २८ जना ओलिम्पिक खेलाडीविरुद्ध लागेको प्रतिबन्ध फुकुवा गरेको छ।

उक्त निकायले भनेको छ, २८ जना खेलाडीको हकमा प्रतिबन्धित औषधी प्रयोग गरेको आरोप पुष्टि गर्न आवश्यक ’प्रमाण अपुग’ भएकोले उक्त प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको हो । अन्तर्रा्ष्ट्रिय ओलिम्पिक कमिटीले दिएको प्रमाण अपुग भएको भन्दै उसले सन् २०१४ मा भएको प्रतियोगितामा ती खेलाडीले देखाएको प्रदर्शन अब पुनर्स्थापित हुने बताएको छ।

सन् २०१४ मा सोचीमा सम्पन्न हिउँदे ओलिम्पिक्समा प्रतिबन्धित औषधी प्रयोग गरेको आरोपमा उनीहरुविरुद्ध अन्तर्रा्ष्ट्रिय ओलिम्पिक कमिटीले प्रतिबन्ध लगाएको थियो।

आगामी फेब्रुअरी महिनाको ९ तारिखमा दक्षिण कोरियाको प्योङ्गचाङ्गमा हिउँदे ओलिम्पिक्स शुरु हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed