Breaking News.... EverestOnlineKhabar
July 4, 2026

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा, बिहीबार नै एमाले अध्यक्ष ओलीसंग भेट, एमालेको रात्रिभोज, शुक्रवार राष्ट्रपति, प्रधानमन्त्री लगायतसंग भेटवार्ता

Loading

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन् । बिदेशमन्त्री स्वराज बिशेष बिमानबाट बिहीबार अपरान्ह काठमाडौं आइपुगेकी हुन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देशकासाथ आएकी स्वराजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले स्वागत गरेका थिए ।

स्वराजको स्वागतार्थ परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी लगायत बिमानस्थल पुगेका थिए ।

स्वराजले बिहीबार नै एमाले अध्यक्ष केपी ओलीसंग भेटने कार्यक्रम छ । उनको सम्मानमा एमालेले रात्रीभोज राखेको छ । स्वराज होटेल सोल्टीमा बस्नेछिन । स्वराजले शुक्रवार राष्ट्रपति बिद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग  भेटवार्ता गर्ने कार्यक्रम छ । शुक्रवार बिहान पशुपतिनाथको दर्शन र उच्चस्तरीय भेट गरी स्वराज शुक्रवार अपरान्ह नै स्वदेश फर्किने कार्यक्रम छ ।

बामगठवन्धनको सरकार बन्नु अघि बिदेशमन्त्री स्वराजको नेपाल भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed