![]()
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बामगठवन्धन संविधान संशोधन गर्न तयार भए सरकार निर्माण लगायत अन्य मुद्दामा सघाउन तयार रहेको बताउनु भएको छ ।
काठमाडौंमा आइतबार आयोजित एक साक्षात्कारमा अध्यक्ष यादवले संविधान संशोधन भएमात्र राष्ट्रिय मुद्दाको हल हुने बताउनुभयो । यादवले भन्नुभयो, ‘बल एमालेको कोर्टमा छ, एमालेभित्रपनि अध्यक्ष केपी ओलीजीको कोर्टमा बल छ, कस्तो गोल हान्नुहुन्छ त्यो भने हेर्न बाँकी छ,’ यादवले भने, ‘हामी सरकारसँग सहकार्य गर्न तयार छौं ।’
आफूहरु अहिले पनि आन्दोलनरत पक्ष रहेको भन्दै अध्यक्ष यादवले संविधान संशोधनको मुद्दा छिनोफानो नभएसम्म सरकारमा सहभागी हुन नसक्ने स्पष्ट पार्नुभयो ।
अबको सरकार एमालेको नेतृत्वमा बन्नु स्वाभाविक हुने भन्दै उहाँले प्रदेश नम्बर २ मा फोरम नेतृत्वमा राजपासहितको सरकार बन्ने पक्का भएको जानकारी दिनुभयो ।


