![]()
एजेन्सी । दक्षिण अफ्रीकाविरूद्ध भारतीय कप्तान विराट कोहलीले सतक प्रहार गरेका छन् । सेन्चुरियनमा जारि ३ टेस्टको शृंखला अन्तर्गत दोस्रो टेस्टको तेस्रो दिनको खेलमा कप्तान कोहलीले आफ्नो टेष्ट करियरको २१ औं सेन्चुरी प्रहार गरेका हुन् ।
यो सतकसँगै विराट कोहली सचिन तेन्दुलकरपछि दक्षिण अफ्रिका बिरूद्ध टेष्टमा सतक प्रहार गर्ने पहिलो भारतीय कप्तान हुन् ।
सचिन तेन्दुलकरले आजभन्दा २१ वर्षअघि दक्षिण अफ्रिकाबिरूद्ध टेस्ट शतक बनाएका थिए। त्यसयता कुनै पनि भारतीय कप्तानले दक्षिण अफ्रिकाबिरूद्ध टेष्टमा सेन्चुरी प्रहार गर्न सकेका थिएनन् ।
टेस्ट क्रिकेटमा २१ औं सतक प्रहार गर्दै विराट कोहलीले डेविड वार्नर, हार्वी, गैरी कर्स्टन, एन्ड्र्यू स्ट्राउस, एबी डीविलियर्स र डेविड बोनसँग बराबरी गरेका छन् । अहिले कोहलीसँगै वार्नर र एबी डीविलियर्स मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय छन् । विराटले २१ औं सेन्चुरीसम्म पुग्न सबैभन्दा कम पारी खेलेका छन् ।
विराट कोहलीलेले अहिलेसम्म टेस्ट क्रिकेटमा ५४ का उत्कृष्ट औषतमा ५ हजार ४ सय भन्दा बढी रन बनाएका छन् ।
बिवाहपछि पहिलो पटक मैदानमा आएका कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै सतकीय पारी खेलेका हुन् ।


