Breaking News.... EverestOnlineKhabar
May 3, 2026

मुलुक आर्थिक समृद्धिमा केन्द्रीत हुने उपराष्ट्रपतिको बिश्वास

Loading

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक अब आर्थिक समृद्धिमा केन्द्रीत हुने विश्वास व्यक्त गर्नुभएको छ । माघे सक्रान्तिको अवसरमा नेपाल मगर संघले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा उपराष्ट्रपति पुनले संघीयताले मुलुकलाई खुसी, सुखी र सम्पन्न बनाउने दाबी गर्नुभयो । उहाँले निर्वाचन सम्पन्न भएसँगै मुलुक राजनीतिक स्थायित्वतर्फ गएको पनि धारणा राख्नुभयो ।

उपराष्ट्रपति पुनले नयाँ संविधानले परिकल्पना गरेअनुसार मुलुकलाई समृद्ध बनाउन सबै प्रदेशहरुबीच प्रतिस्पर्धा हुनुपर्नेमा पनि जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed