![]()
काश्की । बसको ठक्करबाट १ पैदल यात्रीको मृत्यु भएपछि सोमबार दिनभर पृथ्वी राजमार्गको डुम्रे दमौली सडकखण्डको तालघरे तनावग्रस्त रह्यो । पोखराबाट डुम्रे जाँदै गरेको ना ५ ख ६१०० नम्वरको बसले तनहुँको व्यास नगरपालिका १ दमौली बजार नजिक छाब्दीचोकमा ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको थियो । बसको ठक्करबाट व्यास १० सेवर बस्ने करीब ५० वर्षीय नारायण न्यौपाको घटनास्थल मै मृत्यु भएको थियो ।
सोही घटना लाई लिएर स्थानीय बासिन्दाले सोमबारा दिनभर पृथ्वी राजमार्ग अबरुद्ध गरेका हुन । बसधनीलाइ दमौली झिकाउनुपर्ने, पीडितपक्ष संग वार्ता गर्नुपर्ने र उचित क्षतिपूर्ती दिनु पर्ने लगायतका माग राखी स्थानीयले राजमार्ग अवरूद्ध गरेका हुन ।
राजमार्ग बन्द गरिएपछि यात्रुहरुबीच बाटामै अलपत्र परेका थिए ।


