Breaking News.... EverestOnlineKhabar
May 3, 2026

भारतीय सेनाको कारवाहीमा चार पाकिस्तानी सैनिकको मृत्यु

Loading

एजेन्सी । पाकिस्तानले जम्मु–कश्मिरमा भारतीय पक्षले आफ्ना चार सैनिक जवान मारेको पुष्टि गरेको छ । जम्मु–कश्मिरको कोटला क्षेत्रबाट प्रहार गरिएको गोली लागेर चार जना सैनिक जवानको मृत्यु भएको पाकिस्तानले पुष्टि गरेको हो ।

तर, भारतले भने जवाफी कारवाहीमा पाकिस्तानका ७ सैनिक जवान मारिएको दावी गरेको छ । जम्मु–कश्मिर सीमा क्षेत्रमा पाकिस्तानका तर्फबाट ‘सीजफायर’ को लगातार उल्लंघन हुँदै आएको छ ।

बीबीसीका अनुसार यसअघि भारतीय सेनाका प्रमुख बिपिन रावतले पाकिस्तानी सेनाले चरमपन्थी समूहलाई सघाइरहेको आरोप लगाएका थिए । ७० औं सेना दिवसको अवसरमा सोमबार नयाँ दिल्लीमा आयोजित समारोहलाई सम्बोधन गर्दै भारतीय सेनाका प्रमुख रावतले पाकिस्तानी सेनामाथि चरमपन्थीलाई सघाई रहेको आरोप लगाएका हुन् ।

पाकिस्तानी सेना भारतीय भूमिमा घूसपैठ गर्नेहरुलाई मद्दत गरिरहेको भन्दै उनले त्यसलाई नरोके सशक्त ढंगले कारवाहीमा उत्रिने चेतावनी दिए । ‘‘पाकिस्तानका तर्फबाट भइरहेको सीजफायर उल्लंघनको हामी प्रभाकारी तरिकाले जवाफ दिन्छौं,’’ सेना प्रमुख रावतले भने, ‘‘हामी विवश भयौं भने दुश्मन विरुद्ध अझै कडा कदम उठाउन सक्छौं ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed