Breaking News.... EverestOnlineKhabar
May 2, 2026

निर्वाचन घोषणाको अधिकार निर्वाचन आयोगलाई दिन प्रमुख आयुक्त यादवको माग

Loading

बिराटनगर । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने बताउनु भएको छ ।

सोमबार विराटनगरमा क्षेत्रीय निर्वाचन कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले आयोगलाई शक्तिशाली र निर्वाचन सम्पन्न गर्न सहज वातावरण बनाउन यस्तो अधिकार आवश्य रहेको बताउनुभयो ।

आयुक्त डा.यादवले आगामी माघ ७ गतेसम्म प्रदेश प्रमुख नतोकिए माघ २४ गते हुने राष्ट्रसभाको निर्वाचन प्रक्रियालाई असर नपर्ने गरी निर्वाचन आयोग आफ्नो काम कार्वाहीलाई अघि बढाउन बाध्य हुने समेत बताउनुभयो । प्रदेश प्रमुख नतोकिँदा निर्वाचनसम्बन्धी कानुनी जटिलता उत्पन्न भैरहेको उहाँले बताउनुभयो ।

आयुक्त डा. यादवले प्रदेश प्रमुख नतोकिँदा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूची बुझाउने तथा प्रदेशसभा सदस्यले कसरी शपथ लिने भन्ने विषयमा समस्या उत्पन्न भएको धारणा राख्नुभयो । आयोग संविधानसम्मत रुपले अगाडि बढिरहेकाले यसप्रति कुनै पनि किसिमको शंका नगर्न उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed