Breaking News.... EverestOnlineKhabar
May 3, 2026

मुलुकको विकास र समृद्धिको लागि ‘बामगठबन्धनको संकल्प’ :पुष्पकमल दाहाल

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकास र समृद्धिको लागि आफूलगायत वाम गठबन्धनले संकल्प गरेको बताउनु भएको छ ।

सोमबार राजधानीको गोकर्णेश्वर नगरपालिकामा आयोजित चौथो तारेभिर महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको समस्या र मुलुकको समृद्धिलाई सम्बोधन गरेर मुलुकलाई नयाँ युगतिर लैजान आफूहरु प्रत्यनशिल रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले चुनावमा जनतासामु गरेका प्रतिज्ञा र संकल्पअनुसार म, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा अन्य नेताहरुले नेपाली जनताको आकांक्षाअनुसार अगाडि बढ्ने संकल्प गरेक छौं । कुनै पनि मूल्यमा पछाडि फर्कने छैनौं ।’’

नेपालका कम्युनिष्ट शक्तिहरु एक हुन् भनेर नै चुनावमा नेपाली जनताले आफूहरुलाई जिताए बताउँदै उहाँले ७० वर्षपछि मुलुकमा स्थायी सरकार बन्न लागेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed