![]()
टर्की,माघ ।
टर्कीमा एक विमान रनवेबाट चिप्लिएर समुद्र किनारमा पुगेको छ । पेगासस एयरलाइन्सको बोइङ्ग ७३७–८०० मा १६८ यात्री र विमान कर्मचारी थिए । अंकाराबाट आएको सो विमान ब्ल्याक सीको तटमा रहेको ट्र्याबजोनमा अवतरण गर्दै थियो ।
रनवेमा पुग्नासाथ विमान चिप्लिएर समुद्र किनारको भीरमा पुगेको थियो । अगाडीको भाग समुद्रतिर खसेको भए पनि विमान भीर नै अडिएको थियो । विमानमा रहेका सबै यात्रु सकुशल रहेको र उनीहरुलाई उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् ।


