Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं । बुधबारको दिन एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुने कार्यक्रम भएपनि त्यो अनिश्चित भएको छ । एमाले अध्यक्ष ओलीको सचिवालयका अनुसार ओलीको स्वास्थ्यमा आएको समस्याका कारण भेट नहुने भएको हो ।

दुई नेतावीचको भेटवार्तापछिमात्रै पार्टी एकता संयोजन समितिको बैठक बोलाउन यसअघि दुवै नेता सहमत भएका थिए । पार्टी एकता गर्न पार्टी एकता संयोजन समितिको बैठक छिटो डाक्नुपर्ने दवाव नेताहरुलाई छ ।

एकताबारे फरक फरक धारणा आउन थालेपछि माओवादी बैठकमा अध्यक्ष दाहालले एकताबारे शंका नगर्न आग्रह गरेका थिए ।
विगत केही दिनयता एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएपछि उनीहरुबीचको भेटबार्ताको समय लम्विएको हो । दुई नेताहरुबीच सैद्धान्तिक रुपमा पार्टी एकता गर्ने भने पनि संगठनात्मक रुपमा सहमतिको खाका नबन्दा एकता घोषणामा ढिलाई हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed