Breaking News.... EverestOnlineKhabar
May 1, 2026

प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि फरार रहेका पूर्व डिआईजी एंव सांसद नवराज सिलवाल क्वालालाम्पुरमा

Loading

काठमाडौ,पुस ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेका पूर्व डिआइजी नवराज सिलवाल मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन्। एमालेको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद नवराज सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन क्वालालम्पुर पुगेका बताइएको छ।
सिलवालमाथि मंगलबार नेपाल प्रहरीले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। उनी एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसिया गएका हुन्। प्रहरी महानिरीक्षक बन्नका लागि पेश गरिएको कार्यसम्पादन मूल्याङ्कनमा कीर्ते गरेको आरोपमा प्रहरीले सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। केही दिनअघि सर्वोच्च अदालतले महानिरीक्षकको कार्यसम्पादन मूल्याङ्कनमा कीर्ते कागज पेश गर्नेको पहिचान गरी कारबाही गर्न आदेश दिएको थियो।
सर्वोच्चको आदेशपछि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पुस ५ गते कीर्ते प्रकरणबारे मुद्दा दर्ता गरेको थियो। सोही घटनाको अनुसन्धानका लागि सिलवाललाई पक्राउ गर्न पुर्जी जारी गरिएको हो। यसैबीच सिलवाल हाल फरार रहेको भनी कतिपय सञ्चार माध्यमले समाचार प्रवाह गरेको भन्दै एमाले ललितपुरले आपती जनाएको छ। एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले सिलबाल फरार नभएको दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed