![]()
काठमाडौं । गृह मन्त्रालयले शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको जनाउँदै निर्वाचन अबरुद्ध गर्ने सबै प्रयास बिफल भएको जनाएको छ ।
निर्वाचन पूर्व देशैभरी नेत्रबिक्रम चन्द विप्लब समूहले उम्मेदवार केन्द्रित श्रृंखलाबद्ध विस्फोटका घटना बढाएपछि गृहले निर्वाचन सुरक्षाको व्यवस्था कडा गरेको थियो ।
गृह मन्त्रालयले सुरक्षाका कारण कतैपनि मतदान प्रभावित नभएको, उम्मेदवार र मतदातामाथि सांघातिक आक्रमण नभएको जनाएको छ ।
प्रभावकारी र सुदृढ सुरक्षा व्यवस्थाका कारण निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको मन्त्रालयले स्पष्ट पारेको छ । निर्वाचनको अवधीभर देशभर विभन्न १० स्थानमा बम भेटिएको र भेटिएकामध्ये अधिकांश नक्कली भएको जनाइएको छ ।


