Breaking News.... EverestOnlineKhabar
July 2, 2026

Loading

काठमाडौं । बिभिन्न ३२ जिल्लामा भैरहेको प्रतिनिधि तथा प्रदेशशभा निर्वाचनका लागि शीर्ष तथा चर्चित नेताहरुले आ–आफनो स्थानबाट मतदान गरेका छन ।

गोरखामा माओवादी केन्द्रका नेता तथा उम्मेदवार नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मतदान गरेका छन् । श्रेष्ठले गोरखा–२ सिरानचोक गाउँपालिक–८ को जौवारी मतदान केन्द्रबाट मतदान गरेका हुन् भने भटराईले गोरखा २ पालुङटार नगरपालिका अन्नपुर्णमावि खोप्लाङमतदान केन्द्रबाट मतदान गरेका छन् । श्रेष्ठ र भट्टराई दुवैले गोरखा २ बाट प्रतिश्पर्धा गर्दैछन् ।

त्यस्तै एमाले सचिव योगेश भटटराइले ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ नारायणी उमावि मतदान केन्द्रबाट मतदान गरेका छन् । भट्टराई ताप्लेजुङमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि हुन् ।


त्यसैगरी माओवादी केन्द्रका नेता तथा रुकुमका उम्मेदावार जनार्दन शर्माले रुकुमको मुसिकोट नगरपालिका यमुनान्दमुना उमावि केन्द्रबाट मतदान गरेका छन् ।


त्यस्तै अर्का नेता बर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्तीले रोल्पाबाट र अग्नि सापकोटाले सिन्धुपाल्चोक २ बाट मतदान गरेका छन् ।

सिन्धुपाल्चोकमै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले सिन्धुपाल्चोकको सुनकोसी गापा महेन्द्रोदय उमावि केन्द्रबाट मतदान गरेका छन् । राणा सोही क्षेत्रको काङ्ग्रेस गठबन्धनको सहयोगमा राप्रपा प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले बाग्लुङबाट मतदान गरेका छन् ।


कांग्रेस नेता रामहरी खतिवडाले पनि ओखलढुंगाको मानेभञ्जाङ गाउँपालिकाको थाक्लेबाट मतदान गरेका छन् ।


एमाले नेता पृथ्वी सुब्बा गुरुङले लमजुङको बुधोदय मावि गिलुङबाट मतदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed