Breaking News.... EverestOnlineKhabar
July 3, 2026

बामगठवन्धनका कारण कांग्रेस झन बलियो : काँग्रेस महामन्त्री सशांक

Loading

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वामगठबन्धनका कारण नेपाली काँग्रेस झन बलियो भएको बताउनु भएको छ ।

नवलपरासीको क्षेत्र नं १ मा चुनावी अभियानका क्रममा बोल्दै महामन्त्री कोइरालाले वामपन्थी शक्ति एक भएपछि देशमा साम्यवादी खतरा आउनसक्ने भयका कारण कांग्रेस एकजुट हुन मद्दत पुगेको बताउनुभयो । कम्युनिष्टकै कारण गुट उपगुटमा रहेको काँग्रेस र लोकतन्त्रवादी शक्ति संगठित भएको उहाँले बताउनुभयो ।

महामन्त्री डा कोइरालाले आफ्ना पिता विश्वेश्वरले आफू प्रधानमन्त्री हुँदा सबै नागरिकको हैसियत आफूसरह बनाउने भनेको स्मरण गर्दै उहाँले समाजवादी चिन्तन बोकेको काँग्रेसले सबै नेपालीको हैसियत उच्च बनाउने जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed