![]()
बिबिसि । चीनको दक्षिणी सांघाइमा पर्ने पूर्वी बन्दरगाह शहर निङ्बोस्थित एउटा कारखानामा ‘ठूलो विस्फोट’ हुँदा कम्तीमा दुईजनाको मृत्यु र कैयौँ घाइते भएको विवरण प्राप्त भएको छ ।
जिआङ्बे जिल्लास्थित उक्त कारखानामा स्थानीय समय अनुसार बिहान ९ बजे विस्फोट भएको थियो । विस्फोटका कारण नजिकका केही भवनहरु ढलेका छन ।
सरकारी टेलिभिजन सीसीटीभीका अनुसार प्रत्यक्षदर्शीले ’ठूलो संख्यामा’ मानिसहरु घाइते भएको बताएका छन् । उद्दार कार्य जारी रहँदा कम्तीमा ३० जनालाई अस्पताल र्पुयाइएको छ ।
विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


