![]()
रूकुम । रूकुमको बासीकोट गाउँपालिका ५ काँडामा रहेको रत्न आधारभूत विद्यालय केन्द्रको मतपेटिकामा आगो लागेको छ । मतपेटिकाभित्र एसिड हालेका कारण मतपत्र जलेको हुनसक्ने प्रहरीले जनाएको छ ।
मतपेटिकाभित्र एसिड हालिएको हुन सक्ने र त्यही कारण मटपेटिका जलेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । जलेका बक्समा २५० मत खसेको थियो तर कति जल्यो भन्ने बारेमा एकिन हुन सकेको छैन ।
घटना लगत्ततै उक्त केन्द्रको मतदान स्थगित भइरहेको छ ।


