![]()
बझाङ,१० मंसिर ।
बझाङको सदरमुकाम चैनपुर स्थित सत्यवादी उच्च मावि भोपुरमा बम भेटिएको छ । सेनाको श्री शाग्रामसाद्र्रल गुल्म नजिकै बम भेटिएको हो । सेनाको टोलीले अहिले बम डिस्पोज गरेको जानकारी दिएको छ । सेनाको ब्यारेक भन्दा झण्डै सय मिटर अगाडिको दूरीमा नै बम भेटिएको हो ।
बम राखिएको ठाउँमामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पार्टीको पर्चा भेटिएको छ । यस्तै बझाङकै कन्या मावि कफलसेरीमा रातोकपडामा बेरिएको शंस्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
यसैबीच,धादिङको दुईवटा मतदान केन्द्रमा बम भेटिएको छ । गजुरीको महेन्द्रोदय केन्द्र र थाँक्रेको मल्डुङ मतदान केन्द्रमा बम भेटिएको हो । बम डिस्फोजको लागि सेनाको टोली जाँदैछ । बम भेटिएपछि दुवै मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन ।


