Breaking News.... EverestOnlineKhabar
July 31, 2026

Loading

२०७६ फागुन ११, काठमाडौं । ब्वाईज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्स आइतबार देखि सुरु भएको उद्घाटन खेलमा ब्वाइजले श्री कुमारी क्लबलाई २–० गोलले हरायो । ब्वाईजको जितमा वर्तमान राई र प्रदिप बोगटीले एक एक गोल गरे । ३९ औं मिनेटमा वर्तमानले गोल गर्दै ब्वाईजलाई अग्रता दिलाएका थिए भने ७६ औं मिनेटमा प्रदिपले गोल गर्दै टोलीलाई जिताए । जितसँगै ब्वाईजले तीन अंक बनाएको छ । ब्वाईजका अरुण लिम्बु म्यान अफ दि म्याच चुनिए । चैत २३ गतेसम्म चल्ने लिगमा १२ क्लबले भाग लिएका छन् । लिगको विजेता टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ । एक टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed