Breaking News.... EverestOnlineKhabar
April 27, 2026

Loading

२०७६ माघ १३, काठमाडौं । अब नेपालमै कोरोना भाइरसको नमुना परीक्षण हुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण हुने प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिइन् । ‘कोरानाको परीक्षणका लागि आवश्यक केमिकल आइसकेकाले आजदेखि परीक्षण गर्ने तयारी छ’ उनले भनिन् ‘उपचारको क्रममा चिकित्सकले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिको मात्रै परीक्षण गरिन्छ ।’ चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको थियो ।

चीनबाटै आएका एक नेपालीमा कोरोना भाइरस भएको पुष्टि भैसकेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवागढी नाका हुँदै नेपाल आउने यात्रुको निगरानी बढाइएको सरकारले दाबी गरेको छ । नेपालमा हालसम्म एक जनामा कोरोना भाइरसको पुष्टि भएकोसँगै अरु दुई जनामा शङ्का गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । ती दुई जनाको नमुना परीक्षणको लागि हङकङ पठाइएको र एकदुई दिनमा नै प्रतिवेदन आउने मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनकाअनुसार हाल ती व्यक्तिलाई चिकित्सकको निगरानिमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed